कालिकोट । बलात्कार मुद्धाका फरार अभियुक्त पक्राउ गर्न गएको चार जनाको प्रहरी टोलीलाई स्थानीयहरु मिलेर कुटेका छन् । आरोपी घरमै लुकेको सूचना पाएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी रुद्र रावतको कमाण्डमा चार जनाको टोली पक्राउ गर्न थएको थियो ।

दुई घण्टाको पैदल यात्रापछि अभियुक्त शंक बुढाको घरमा खानतलासी गरिएको थियो । घरमै लुकेर बसेका उनलाई हत्कडी लगाएर आँगनमा ल्याउने बित्तिकै २५–३० जना गाउँले जम्मा भएर प्रहरीलाई कुटेका थिए । 

पीडककी श्रीमतीले सुरुमा आक्रमण गरेको र त्यसपछि बाँकी गाउँलेले कुटेको रावतले बताएका छन् । कुटपिट पछि बुढा हत्कडीसहित नै भागेका थिए । 

जिल्लामा गोली चलाउनका लागि आदेश माग्न फोन गरेपनि सम्पर्क हुन सकेन । उनीहरुसँगै गएका बलात्कार पीडितका आफन्त धनबहादुर विकलाईसमेत गाउँलेले कुटेका थिए । उनको अवस्था गम्भीर छ ।