काठमाडौँ । चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् ।

 बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफ्नो कोठामा गएकी थिइन् । उनी त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो ।