धरान । प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको माग गर्दै सुनसरीका पत्रकारहरुले धरानमा मौन जुलुस प्रदर्शन गरेका छन्। 

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पटक पटक पत्रकारलाइ धम्कि दिएको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाइमा आज (सोमबार) मौन जुलुस प्रदर्शन गरिएको हो। 

धरानको भानु चोकबाट सुरु भएको मौन जुलुस कलेज रोड, छाता चोक हुँदै उपमहानगरपालिका गेट अगाडि पुगेर कोण सभामा परिणत भएको थियो। दर्जनौंपत्रकारहरु सहभागी मौन जुलुस प्रदर्सनमा कांग्रेस, एमाले, माओवादी र जसपा लगायतका दलका प्रतिनिधिहरुले समेत समर्थन जनाएका थिए।

महासंघका सुनसरी अध्यक्ष जनकऋषि राइले मेयर साम्पाङले पत्रकारहरुलाई दिएको धाकधम्किले पत्रकारहरू असुरक्षित भएकाले त्यसको विरुद्धमा मौन जुलुस निकालिएको बताए। 

मेयर साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पुर्ब अध्यक्ष केशव घिमिरे, पत्रकार खिलानाथ विकलगायतलाई धम्की दिएर प्रेस स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ। 

तस्बिर:

344309150_611860060660163_1421783224742463433_n

344302903_1342315499959801_2022090535529034147_n

344580512_127913776922093_4827295920711507455_n