इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ४ दिन बिदा थप गर्ने निणर्य गरेको छ ।

यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेतलाई मध्यनजर गर्दै उपमहानगरले जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरेको थियो । 

पुनः बिदा थप गर्दै उपमहानगरले जेष्ठ २१ गतेबाट २४ गतेसम्म बिदा गर्ने निर्णय गरेको जनाइएको छ ।