इटहरी । सुतेकै ठाउँमा विद्यार्थीको रहस्यमय तरिकाले मृत्यु भएको इटहरीको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टल उपमहानगरपालिकाले बन्द गराएको छ । 

अनुसन्धान भइरहेको र निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको हो । उक्त विद्यालयले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनले होस्टेलको मापदण्ड र लिइरहेको शुल्कका विषयमा धेरै गुनासाहरु आइरहेकोले सो विषयमासमेत अनुसन्धान गर्ने बताएका छन् ।

यस्तै मेयर पौडेलसहितको टोलीले होस्टेल सञ्चालन गरिरहेका इटहरीको पिसजोन आवसीय माध्यमिक विद्यलय, ग्रीनपिस एकेडमी, मोडन प्रिपेटरीलगायतका स्कुलहरुकोसमेत अनुगमन गरेको छ । उनले विद्यालयहरुलाई सुधार गरेर आगामी दिनमा अप्रिय घटना हुन नदिन सबै मिलेर लाग्नुपर्नेमासमेत जोड दिएका छन् ।