इटहरी । इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा परिक्षा लिएर छात्रवृत्ती दिने भएको छ । त्यसको लागि साउन २२ गते परीक्षाको मिति तोकिएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन खुल्ला रहने छ । शैक्षिक सत्र ०८०÷८१ का लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति दिइनेछ ।


download (46)