इलाम  । इलामको सूर्योदय नगरपालिका –४ मा रोकिराखेको पिकप ट्रकले किचेर २० महिने बालकको  मृत्यु भएको छ । मृत्यु हुर्नेमा सूर्योदय– ४ श्रीअन्तु, बाघ पाइलेका धिरज रिजालका छोरा रियन रिजाल रहेका छन् । 

सोमबार बेलुका घर अगाडि बाटोमा रोकेर राखेको गाडी स्टार्ट गरेर चलाउन खोज्दा दायाँतर्फको टायरमुनि रहेका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मे १ ज ३६२ नम्बरको पिकअप गाडीलाई चालक रेजन मगरले स्टार्टमा राखेर गाडी रोक्न राखिएको टायरमुनिको ढुङ्गा निकाल्न उत्रिएका थिए । 

ढुङ्गा निकाल्नासाथ गाडी गुड्दा शिशुलाई किचेको बताइएको छ । गाडी चालक मगरलाई श्रीअन्तु प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।