धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  रोराङ गाउँपालिका ३ मलेखुमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र सोही दिशामा आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ  ।