काठमाडौँ । तनहुँको आँबुखैरेनीमा दुई वटा माइक्रोबस ठोक्किएका छन्  । पृथ्वीराजमार्गको साँखरमा दुई विपरीत दिशाबाट आइरहेका माइक्रोबसहरु ठोक्किँदा १२ यात्रु घाइते भएको बताइएको छ । 

प्रहरीका अनुसार मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा २ ख ४०२० नम्बरको माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रोबस गएराति ठोक्किएका हुन् । दुर्घटनामा बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार यात्रुहरू घाइते भएका हुन् । 

घाइतेमध्ये चार जनाको स्थानीय अस्पतालमा र बाँकीको चितवनमा उपचार भइरहेको छ ।