पाँचथर  । पाँचथरको फिदिम नगरपालिका–२ मा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका  घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो । 

दुर्घटनामा सख्त घाइते उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । 

घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ । झापाबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नंको जिप हिजो दिउँसो दुर्घटना भएको हो ।