पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ  ।

ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ जना पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शेर्पाको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आईसियुमा उपचाररत उनलाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन् ।

यसअघि सोही दुर्घटनामा फिदिम नगरपालिका–१० की ४० वर्षीय सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला–१ ढुंगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको निधन भएको थियो ।

झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत फिदिम–२ सामदिनमा दुर्घटना हुँदा सबिना र जितेन्द्रसँगै १५ जना घाइते भएका थिए ।