एजेन्सी । वर्षात वा मनसुनको मौसममा रोग लाग्ने खतरा दुईगुणा बढेर जान्छ । यस्तोमा आँखामा फ्लू आउने जस्ता समस्या पनि बढी देखिन्छ । जानौं आई फ्लु बाट कसरी बच्न सकिन्छ

हात धुने : आँखामा हुने संक्रमणबाट बच्नका लागि तपाईंले समय समयमा आफ्नो हात धुनु पर्दछ । यस्तो किनभने यदी तपाईंले फोहोर हातले आफ्ना आँखाहरु छुनुभयो भने यसले संक्रमण बढ्ने सम्भावना हुन्छ ।

नजिकै आँखा नजुधाउने : आई फ्लुबाट बच्नका लागि तपाईं संक्रमित व्यक्तिसँग आँखा जुधाउने वा उसको सम्पर्कमा नजिक जाने गर्नु हुँदैन । यसो गरेमा संक्रमण सर्ने सम्भावना अत्यधिक हुन्छ ।

संक्रमितको सामान प्रयोग नगर्ने : घरमा होस् वा अफिसमा जो व्यक्तिलाई फ्लु भएको छ तपाईं  उसको कपडा, तौलिया वा रुमाल आदि प्रयोग गर्नबाट बच्नुहोस् । यदी कोही संक्रमितको सामानहरु प्रयोग गर्दा फ्लु सर्ने सम्भावना हुन्छ ।

आँखा नमिच्ने : आई फ्लुबाट बच्नका लागि पटक पटक आफ्नो आँखा मिच्ने काम नगर्नुहोस् । समय समयमा सफा पानीले आँखा धुन भने सकिन्छ ।

सरसफाईमा ध्यान दिने : यस्ता आँखाको वा अन्य कुनै फ्लुबाट बच्नका लागि आफ्नो वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुहोस् । घरका सामानहरुलाई बेला बेला स्यानिटाइज गर्दा यस्ता संक्रमण फैलनबाट रोकिन्छ ।