विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुर्नेमा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डल रहेका छन् । 

प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार राति सडक छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । 

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।