इटहरी । इटहरी उपमहानगरपालिकाले नगरवासीलाई डेगुं रोगको परिक्षण र उपचार निःशुल्क गर्ने भएको छ । धरानमा महामारीझै फैलिरहेको डेंगुका बिरामी इटहरीमा पनि देखिन थालेपछि उपमहानगरपालिकाले नगरवासीलाई राहत दिन यस्तो योजना ल्याएको हो ।

सोमबार कार्यपालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेगुं परिक्षण र उपचार निःशुल्क गरिदिने घोषणा गरेका हुन् । साथै उपमहानगरले डेगुंविरुद्ध खोज र नष्ट अभियान चलाउने भएको छ ।

वडा तहसम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।