धरान । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

मेयर साम्पाङलाई भेट्न अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान पुगेको थियो । ‘धरानका मेयर हर्क साम्पाङलाई शुभकामना र बधाई’ भन्दै उनले सामाजिक सञ्जालमा तस्वीर शेयर गरेका छन् । 

भेटवार्तामा पूर्व प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।