इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमनलाई तीब्रता दिएको छ । 

पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई प्राथमिकता दिएर उपमहानगरपालिकाले अनुगमन तीव्र बनाएको हो । 

नागरिकलाई ठगी गर्ने सहकारीबारे उजुरी आएकाले अनुगमन गर्न लागिएको इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।

अनुगमनका क्रममा  दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरूप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी छ । 

 सहकारी समितिका सदस्य तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, नगर सहकारी समितिका सदस्य तथा जिल्ला कृषि सहकारी संघ सुनसरीका अध्यक्ष भोलाकाजी बस्नेत, कार्यपालिका सदस्य भिमा तुम्वाहाम्फेलगायतको उपस्थितमा अनुगमन गरिएको हो ।