उ जन निर्वाचित हो

जनताकै लागि मरौँ भन्छ

भएन यो तालले

अब त केही गरौँ भन्छ

केही नयाँ गर्ने जोस

बोकेको बेला

नातावादले उसलाई गलाउन खोज्छ

आफन्त राजनीतिमा थिए

उ आफ्नो सपनाको राजगद्दीमा बस्न सक्थ्यो

राजा फालेको देशमा

जनताको खुसी ल्याउन

जनतासँगै हिँड्न खोज्यो।

जन निर्वाचित उ सधैँ जनताकै भाषा बोलो

आज राम्रो गर्न खोज्दा

पटक पटक नातावादले उस्लाइ पोलो


युवा केही गरौँ

देशको मुहार फेरौँ

जनताको अवस्था बदल्न

साँच्चै लागि परौँ

भन्दै दिनरात लागि परेको त्यो युवा

जनताको काम गरेर

रात बिताउन ओछ्यान पुग्छ

उपहारमा अमेरिकी डलर खानेहरूले

जनताको सेवकलाई

नताको कृपा भन्दै

डलर गनाउने ढ्याउ काढ्छन्


हो उ प्रचण्डको ज्वाइँ हो

त्यो भन्दा पहिला

यही नेपाल आमाको छोरा हो

हो उ प्रचण्डकै छोरी हो

त्यो भन्दा पहिला चितवनकी चेली हो

नेपाल आमाकै छोरी हो

किन कि अब त उनीसँग आमा भन्न

सीता आमा पनि छैनन्

तै पनि डलर पचाउन

उनको विरोध रोकिएकै छैन

आफ्नो क्षेत्र बनाउन लागेका

जीवनले पनि सोच्दै होलान्

कस्तो जीवन ल्याएछु

कामको बदला सधैँ गालिनै खाइरहन्छु


कहिले बदलिन्छ हाम्रो सोच

हामी नाताको हैन

जिम्मेवार पूरा गर्नेको पछि लागौँ

हामी के खान्छको हैन

के गरी देखाउँछ त्यो हेरौँ

टेक्नै नपाइ यो धरतीमा

पहिरै गयो नभनौँ

जसले लडेर ल्यायो व्यवस्था

यही व्यवस्थामा

उसैको धज्जी नउडाऊ

किन कि उ पनि मान्छे हो

सबै भन्दा पहिला नेपाल आमाकै

सन्तान हो ।


काम नगर्नेलाई निरुत्साहित बनाऊ

परिवार नै देश बनाउन समर्पित गर्नेलाई

हौसला दिन सकौँ

मेरो देशको नागरिकले जिताएको

एउटा जनप्रतिनिधिलाई

त्यही देशको एउटा कुनामा बसेर

डलर पचाएर बस्नेले

गाली गरे प्रतिकार गरौँ

आऊ सबै एक हौ

देश बनाउनेलाई साथ दिऔँ