सारा नेपालीलाई
स्वतन्त्र बनाउन लड्दा
टाउकोको मूल्य
तोकिएको थियो
सारा तानाशाही एक भएर
उसको पाइला रोकिएको थियो
आज उसैलाई
स्वतन्त्र हु भन्दै
घेरा हाल्न खोज्नेहरू
पहिला स्वतन्त्रको अर्थ
प्रचण्डसँग ट्युसन पढेर त हेर
तिमि आज यहाँ सम्म आइपुग्न सक्नु
यो समाजमा केही गर्न सक्ने सहास राख्नु
त्यही आन्दोलनको एउटा परिणाम त हो
जसको नेतृत्व प्रचण्ड नै त थिए
तर तिमिले स्वतन्त्रको गलत व्याख्या गरेर
पस्केर ठिक्क पारेको खाना
खाइसकेर
भान्सेलाई गाली गरेऊ


आज जसलाई तिमिले हत्यारा भन्दै छौ
आतङ्ककारीको बिल्ला फेरि लगाउँदै छौ
तिम्रो दिमागले नभ्याएको कुरा
अग्रजको अनुभवबाट केही सिक
ती सत्र हजारले बलिदान नगरेको भए
आज तिमी महाराज कि जय हो भन्दै
त्यो भुईँमा लम्पसार हुने थिएऔ
तिम्रो यो साहस तिमी भित्रै मर्ने थियो


तिमिले जनताको मन जित्न पाएका छौ
तिमी चम्किनु त्यो हिरा जस्तै
तिमिले केही गरी देखाउनु
देश बन्छ भने
तिम्रो हरेक प्रचण्ड प्रहार
सहन स्वयम् प्रचण्ड तयार छन

तर जनता झुक्क्याउने
सस्तो लोकप्रियतामा रमाउने
त्यो आशा र भरोसा तोड्ने
तिमिले दुश्चेष्टा गरेऊ भने
प्रचण्ड चाहिँदैन
प्रचण्डले थालेको त्यो जनयुद्धले
आम नगरिकमा फैलाएको त्यो विचारले
आज प्रत्येक नागरिक
प्रचण्ड भएका छन्
जसको बलमा तिमी उदाएका छौ
उसकै रापले
तिमी स्वयं भस्म  हुने छौ


आज पनि प्रचण्ड युद्धमै छन्
युद्ध विराम भएकै छैन
हतियार फाले देखि
विचारको युद्ध चलिरहेकै छ
देशलाई झुक्क्याउन खोज्नेहरू
यति बेला आफूलाई जोगाउन
मुसाले झैँ लुक्ने ठाउँ
खोज्दै हिँडेका छन्
भ्रष्टहरू निन्द्रामा बरबराउँदै छन्
अब यो युद्ध विजय हाशिल नगरी
मात्र कुनै सम्झौतामा
युद्ध विराम हुनेवाला छैन
जब सम्म प्रचण्ड जीवित रहन्छन
यो युद्धको विजय पश्चात्
अनि मात्र तिमी
भ्रष्टहरूको खाडलबाट
स्वतन्त्र हुने छौ
अनि मात्र
त्यति बेला आफूलाई
स्वतन्त्र भन्नू
आऊ अहिले चाहिँ तिमी हामी स्वतन्त्र हुन
भ्रष्टाचारको जालो सफा गरौँ
आत्म निर्भर सहितको
राष्ट्र निर्माणमा लागि परौँ