मल्मलि धासे चउरमा
शीतल हावाको
सिरसिरे स्पन्दनमा
नटुङ्गिने अनवरत
पैदल यात्राको गोरेटोहरू नाप्दै
फोडा उठेका पाइतालाहरुले
धिस्रिदै र बामे सर्दै 
तिम्रो भव्य सुन्दरतालाई
मैले पहिलो पटक स्पर्श गर्दा
बिना काउकुती
बिना कुनै जोक्स
मेरो ओठबाट फुत्किएको
भर्जिन मुस्कानका लागि
ओ १  पाटन कि रानी
तिमिलाई विशेष धन्यवाद छ
 
आफैले आफैलाई
बोक्दा बोक्दै
लखतरान भएका  काधहरुले 
थकाई मार्न खोज्दा
उकुस मुकुसले
 ऐठन परेको बेला ‌
बेचैन अनि  शिथिल मनोभावहरुलाई 
एक मुठ्ठी उर्जा दिने
ओ पटन कि राजधानि
पाइला पाइला 
तिमिकन आउन नसके पनि
कयौँ काशीरामहरूको
स्वागत गर्न तिमिले ओछ्याएको
हरियो गलैँचाका लागि
तिमिलाई विशेष धन्यवाद छ

फेरि फेरि तिमिलाई
यसै गरी तिमिलाई
तब मात्र भेट्न आउने छु
जब तिमि सँग 
जोड्ने बाटो हुनेछ
अक्करे भीर काटेर
फलिली सररर 
पाइला पाइला 
समतल सोझो 
केवल 
पाइला पाइला