उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका–१० मा आज (शुक्रबार) बिहान भएको ट्याक्टर टुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

गाईघाटबाट बेल्टार जाँदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार तीमध्ये उपचारको क्रममा धनुषाको मिथिला नगरपालिका–११ का १७ वर्षीय सुरज मगरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

घाइते अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।