चितवन ।  मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । 

उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।