काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । 

यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो ।

नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।