काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। प्रहरीका  अनुसार दुर्घटनामा ८ जनाको घटनास्थलमै  मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

घाइते ८ जनाको उद्धार भएको छ। गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। 

घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको बताइएको छ ।

घटनाबारे विस्तृत विवरण आउँदै छ।