जनकपुरधाम । जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुर्नेमा  जलेश्वर नगरपालिका–९ परकौली चोक बस्ने वर्ष ३५ का सन्तोष यादव रहेका छन् । 

जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा२क १५३६ नम्बरको कलेजको बसले बिहान साढे ११ बजेको समयमा ठक्कर दिँदा यादवको घाइते भएको थिए । 

घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।