विराटनगर । मोरङकी एक १३ वर्षीया बालिकाले २ किलो ७ सय ग्राम तौलको शिशुलाई जन्म दिएकी छन् । 

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उनको ‘नर्मल डेलिभरी’ भएको मोरङ प्रहरीले जनाएको छ । 

सुरक्षित प्रसूतिपछि बालिकालाई एक बालगृहमा चिकित्सकको निगरानीमा राखिएको छ । शिशुका पिता १७ वर्षीय किशोर छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवैको पहिचान गोप्य राखेको छ । दुवै नाबालिग भए पनि ती किशोरविरुद्ध जबर्जस्ती करणीमा मुद्दा चल्ने प्रहरीले जनाएको छ ।