जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।आज कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।

दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन । 

भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।