काठमाण्डौं । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।