इटहरी । इटहरीमा निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ ।  इटहरीका नगरबासीलाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको हो ।

नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा  आज (सोमबार) देखि नै लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।

इटहरी उप महानगरपालिकाले जनताको लागि घरदेखि घाटसम्म शव वाहान र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क  संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलले बताए ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेका हौ  पौडेलले भने । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।