डोटी । डोटीको बडीकेदार गाउँपालिका १ रुमायल भीरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा बडीकेदार गाउँपालिका (३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठरा रहेका छन् । 

सहजपुर बोगटान दिपायल सडकखण्डअन्तर्गत रुमायल  बीपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आइतबार राति १० बजेतिर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि जेठराको घटनास्थलमा मृत्यु भएको  हो ।

घटना के  कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।