काठमाडौँ । आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो (सोमबारकै) मूल्यमा सुनको कारोबार भइरहेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। 

यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।