काठमाडौँ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो मंगलबारको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५  रुपैयाँले घटेको जनाएको हो ।

आज  छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।