काठमाडौं ।  आज (बिहीबार)  सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो (बुधबारकै) मूल्यमा सुनको कारोबार भइरहेको जनाएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।