इटहरी । हर्क र बालेनको बढी प्रचारले आफूहरूले गरेको काम ओझेलमा पर्ने गरेको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताएका छन् । आफू दिन रात जनताको सेवामा लागेर विकासका थुप्रै काम गर्दा पनि मिडियाले त्यसलाई ध्यान नदिएर हर्क र बालेनको मात्र प्रचार गर्नाले आफू ओझेलमा पर्ने गरेको बताएका छन् । सञ्चारलयसँग कुरा गर्दै जनप्रतिनिधिको काम नीति नियम बनाएर लागु गराउने हो सस्तो लोकप्रियता कमाउन मिडियाबाजी भइरहेकोले जनतामा नयाँ भ्रम सृजना हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

हरिनगरको विकासका निमित्त प्रदेश सरकार र सङ्घीय सरकारसँग पहल गरेर पालिकाको बजेटले भ्याउने भन्दा धेरै विकास गर्न आफू सफल भएको पनि बताएका छन । उनले देशका मिडिया नै हर्क र बालेन तर्फ बढी केन्द्रित हुँदा आफू जस्ता जनताको हितमा विकास गर्ने जनप्रतिनिधि ओझेलमा पर्ने गरेको बताएका हुन ।


भिडियाे