दाङ । मादक पदार्थ खाएका घोराही उपमहानगरपालिका–५  दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बाबुको हत्या गरेका छन् । 

सन्तोषले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएका छन् ।  प्रहरीका  अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । 

 सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।