काठमाडौँ । आज (आईतबार) सुनको मुल्य ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रवार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियो ।
यस्तै,आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ ।आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।