काठमाडौं ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० रुपैयाँले  घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेर  प्रतितोला  १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ काँयम भएको छ ।

हिजो  तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो ।