काठमाडौँ ।आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो बिहिवारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५  रुपैयाँले बढेको जनाएको हो ।

हिजो बिहिवार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको  छ ।  

 आज चाँदीको मूल्य भने  तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।