काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर  रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।

आज चाँदीको मूल्य समेत स्थिर कायम रहेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।