काठमाडौँ । रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी रहेका छन् । 

३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका थिए । दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । 

आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ ।