काठमाडौँ । शंखरापुर नगरपालिका २ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङ सहित १८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।