काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले  घटेको छ । 

एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारदेखि नेपाली बजारसम्म मानिसहरुले सुनको विक्री अत्याधिक मात्रामा गरिरहेको कारणले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।