काठमाडौं । उत्तरी धादिङको नेत्रावती गाउँपालिकास्थित वडा नम्वर ४ हजारे भन्ने स्थानमा बोक्सीको आरोपमा एक बृद्धाको हत्या भएको छ ।

आफुलाई बोक्सी लगाएर कुप्रो बनाई दिएको आरोपमा हजारे निवासी ३५ वर्षीय मंगल गुरुङ्गले धारिलो हतियारको प्रयोग गरी ७० वर्षीय सुकुमाया गुरुङ्गको हत्या गरेको हो । 

केही वर्षअघि नेपाली सेनामा जागिर खान गएको र कुप्रो भएको कारण सेनामा भर्ती हुन नपाएपछि गाउँमै धामी लगाएर हेर्दा सुकुमायाले बोक्सी लगाई दिएका कारण कुप्रो भएको र जागिर खान नपाएको भनेपछि सोही रिसका कारण हत्या गरेको आरोपित गुरुङ्गले स्विकार गरेका छन् । 

घटनाका आरोपित मंगल गुरुङ्गलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । निजलाई कर्तव्य ज्यानमा मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ ।