काठमाडौँ । लागूऔषधसहित झापाबाट दुई जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका ४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका ७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । 

 घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।