तनहुँ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  भानु नगरपालिका ९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका ६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्की रहेका छन् । 

उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।