झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ । बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका हुन् । 

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०१९०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ बुलेरो एकापसमा ठक्कर हुँदा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा घाइते मध्ये एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू कसैको पनि परिचय खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।