काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरणको लागि काम गरिरहेको छ । केन्दीय बैंकले अरुवर्ष जस्तै यस वर्ष पनि दशैंका लागि नयाँ नोट वितरणको लागि देशभर भएको ७० वटा नोट कोषसँग नयाँ नोटको माग कति हो भनेर तथ्यांक गरेको हो । 

अहिलेसम्म यही दिनबाट नयाँ नोट वितरण गर्ने भनेर यकिन  नभएको तर टस्थापनाको अघिल्लो दिन वा भोलिपल्टबाट नयाँ नोट वितरण सुरु हुने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले बताएका छन् । 

यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुने छ । राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।