काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।