धरान । सुनसरीको धरान ८ स्थित लांघाली चोकमा भएको सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । शुक्रबार तीव्र गतिमा आएको स्कुटर र ट्रक एकआपसमा ठोक्किंदा स्कुटर चालक आशबहादुर राईको मृत्यु भएको हो । 

लांघाली चोकस्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ४०६३ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १०२०४५ प ३७४ नं को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक इटहरी ९ का आशबहादुर राई र स्कुटरमा सवार धनकुटा साँगुरीगढी ९ का टेकबहादुर राई  गम्भिर घाइते भएका थिए । उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको थियो । 

 आशबहादुरको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटरमा सवार घाइते टेकबहादुर राईको उपचार भइरहेको छ ।

स्कुटर, ट्रक चालक धनकुटा चौबिसे ६ का चन्द्रप्रसाद राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।