काठमाडौँ । किशोरीलाई बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–२ घर भएका अजय शर्मा खत्वे रहेका छन् ।

 खत्वेले १७ वर्षीया बालिकालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा असोज १० बाट १७ गतेसम्म बलात्कार गरेको आरोप प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो  । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।