काठमाडौं।आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन आज १०० रुपैयाँले  घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।